पर्वतको दुर्लुङ पहिरो राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा दुःख ब्यक्त

पर्वत, जेठ ३२ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको नगरपालिका वडा नं ३ दुर्लुङ ढकलबारीमा अविरल वर्षासँगै शनिबार राती आएको पहिरोले पुरिँदा आठ जनाको निधन तथा एकजना बेपत्तासहित भएको घटना प्रति दुःख ब्यक्त गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले बिज्ञप्ती जारी गर्दै गृहजिल्ला पर्वतमा पुगेको मानवीय तथा भौतिक क्षतिको खबरले स्तब्ध बनाएको भन्दै दुःख ब्यक्त गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले यस दुखद घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
बिज्ञप्तीमा संकटको घडीमा पहिरोमा परिवार गुमाउने तथा प्रभावित परिवारको तुरुन्त उद्दार, राहत, पुनर्स्थापन तथा पहिरोका कारण जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा स म्बद्ध अधिकारीहरुलाई अनुरोध पनि गर्नुभएको छ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पनि बिज्ञप्ती प्रकाशित गरेर दुःख ब्यक्त गर्नुभएको छ । उहाँले प्रदेश सरकारका तर्फबाट पिडीतलाई राहत र प्रभावितलाई पूर्नस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले प्रतिनिधीसभाको आइतबारको बैठकमा बोल्दै राहत र उद्दारका लागि पहल गर्न सरकार संग माग गर्नुभएको छ। साँसद गिरीको जन्मथलोमा भएको घटनाले स्तब्ध बनाएको बताउँदै राहात र उद्दारमा जुट्न सबैलाई आग्रह पनि गर्नुभएको छ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र .उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल घटनास्थलको अवलोकन गर्न भर्खर दुर्लुङ पुग्नुभएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी