दुर्लुङ पहिरो अपडेट – आठ जनाको मृत्यु , एक जनाको खोजी जारी

पर्वत , जेठ ३२/पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारीमा शनिबार गएको पहिरोमा पहिरोमा पुरिएका ९ जना मध्ये ८ जनाको शव भेटिएको छ भने अझै एक जना वेपत्ता रहेका छन् ।
घर भन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिदा दुई परिवारका ९ जना पुरिएका थिए । ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आइबार दिउँसो दुई जना बालबालिकाहरु १६ बर्षिय बिबेक थापा, १५ बर्षिय सम्राट थापाको शब भेटिएको हो । पहिरोमा पुरिएका मध्ये ५८ बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनि विविशा थापा, छोरी दिर्पा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो । हराइरहेका कमला बिकका छोरा जेनिस बिकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक बिश्वराज अधिकारीले बताउनुभयो ।