अपडेट – पर्वतको दुर्लुङको पहिरोमा पुरिएका ६ जनाको शब फेला, तीन जनाको खोजी जारी

पर्वत – पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी गएराती पहिरोमा पुरिएका ९ जना मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन जना वेपत्ता रहेका छन् ।
घर भन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिदा दुई परिवारका ९ जना पुरिएका हुन् । पहिरोमा पुरिएका मध्ये ५८ बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनि विविशा थापा, दिपा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।
थप तीन जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विक को खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उनिहरुको खोजी कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिए । घटना घटेको लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।
गएराती १ बजेसम्म खोजी गरेपनि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मि फर्किएको थियो । आज विहानवाट पुनः उद्धार कार्य शुरु भएको होमा तीन जनाको शब फला पार्न सफल भएको प्रहरीले जनाएको छ । तीन जनाको भने रातीनै शब भेटिएको थियो ।
शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो ।
पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रभु गुरुङले जानकारी दिए

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी