दुलुङ पहिरो अपडेट -पहिरोमा ६जना सम्पर्क बिहीन , ३ जनाको शब भेटियो खोजी जारी

पर्वत , जेठ ३२ /पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोमा पुरिएका ३ जनाको शब भेटिएको छ भने ६ जना बेपत्ता भएका छन ।
पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने घटनामा अरू ६ जना बेपत्ता भएका छन्।
जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म खोजी गरिएको र अहिले बिहानै देखि स्थानिय तथा सुरक्षाकर्मीले खोजी जारी राखेका छन । राती २ बजे पनि पानी परिरहेको र अध्याँरोका कारण खोजी गर्न कठिन भएको थियो । बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको उहाँको भनाई छ ।
शनिबार साँझ ६ बजे देखि झण्डै दुई घण्टा भएको भीषण वर्षाका कारण दुर्लुङको काउले ढकालबारी भन्ने ठाउँमा पहिरोले २ घर पुरेको थियो । पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी ९छोरातर्फ० अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो। पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्। भने कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो