पर्वतको दुर्लुङ पहिरो -अपडेट ३ जनाको शब भेटियो, ६ जना बेपत्ता , आधा दर्जन घर बिस्थापित

पर्वत, जेठ ३१ /पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ पहिरोमा पुरिएका परि ३ जनाको शब भेटिएको छ । सााँझ करिब २ घण्टा सम्म परेको मुसलधारे बर्षापछि आएको पहिरोमा पुरिएका अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती र नातिनीको शब फेला परेको हो ।
स्थानियबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । पहिरोमा तुलबहादुर थापाको परिवारका थप ३ जना स्थानिय कमला बिकको परिवारका पनि ३ जना हराइरहेका छन । उनीहरुको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो । खुट्टा डुब्ने हिलो र अध्याँरो रात भएकाले खोजी कार्यमा कठिनाई भएको उहाँले बताउनुभयो ।
कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । बर्षाका कारण गाउँमा धेरै क्षति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जोखिममा छन । गाउँमा अन्य घर र तथा गोठ भत्केको जानकारी आएपनि मानवीय क्षतिको बिबरण नआएको वडा अध्यक्ष पाध्याले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी