अपडेट- पर्वतको दुर्लुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, ७ जना बेपत्ता

पर्वत, जेठ ३१ / पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय काहुले ढकालबारीका तुलबहादुर थापाकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया दिवीसा थापा नातिनी रहेका छन ।
स्थानियबासी र सुरक्षाकर्मीले दुई जनाको शब निकालेको कुस्मा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले पुष्टि गर्नुभयो ।
साँझ परेको भीषण बर्षापछि घरमाथि जंगलबाट आएको पहिरोले तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको हो । पहिरोमा तुलबहादुर थापा र उनको परिवारका ४ जना तथा कमल बिकको परिवारका ३ जना बेपत्ता भएका छन ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत, शसस्त्र प्रहरी गण कुस्मा र नेपाली सेनाको उद्दार टोली पुगेको छ। स्थानियबासी र सुरक्षाकर्मीले उद्दारको काम गरिरहेका छन । रातको समय भएकाले उद्दारमा कठिनाई भैरहेको छ ।