अपडेट-पर्वतको दुर्लुङमा बर्षा पछि भीषण पहिरो, एक जनाको शब भेटियो, ९ जना सम्पर्क बिहीन

पर्वत, जेठ ३१ /पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि एक जनाको मृत्यु भएको छ । दुर्लुङको काउले ढकालबारीमा गएको पहिरोले क्म्तीमा २ घर बगाएको छ भने ९ जना सम्पर्क बिहीन भएका छन ।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले दिएको जानकारी अनुसार समाचार तयार पार्दा सम्म एक जना महिलाको शब भेटिएको छ भने दुई घरमा गरि ९ जना सदस्य रहेका थिए । उनीहरु अहिले सम्पर्क बिहीन छन ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत, शसस्त्र प्रहरी गण कुस्मा र नेपाली सेनाको उद्दार टोली पुगेको छ। स्थानियबासी र सुरक्षाकर्मीले उद्दारको काम गरिरहेका छन । घटनाका बारेमा थप बिबरण भने उपलब्ध हुन सकेको छैन ।