कुश्माको लोकतान्त्रिक चोकमा नागरिकहरुद्धारा दिप प्रज्ज्वलन

पर्वत-  नेपालको निशान छाप भित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तवकि सीमा ९लिम्पियाधुरा, लिपुलेक र कालापानी सहतिको० समेटएिको नेपालको नक्सा नेपालको संसदबाट सर्वसम्मत रुपमा पास भएको अवसरमा पर्वतको कुश्माबजार स्थित लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको छ ।
बृहद राजनीतिक एकताका बीच नेपालको नक्साले संवैधानिक रुपमा पुणर्ता पाएको खुसियालीमा नागरिकहरु स्वत स्फुर्त रुपमा सहभागि भई दिप प्रज्वलन गरेका हुन् ।


अधिवक्ता भोलानाथ शर्माको विशेष सक्रियतामा दिप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, उद्योग बाणिज्य संघका सदस्य राजन गुरुङ, शहिद परिवारका सदस्य देवशर्मा पौडेल, समाजसेवी कमलनाथ पोखरेल, ध्रुब सुवेदी, पर्वत जेसीजका पूर्व अध्यन राजनकुमार जोशी तथा स्थानीय र पत्रकार लगायतहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आजको दिन ऐतिहासिक दिन भएको अधिवक्ता भोलानाथ शर्माले बताउनुभयो । नेपाली जनताले आफ्नो मुलुकको बास्तविक नक्सा पाएको दिन भएकाले यसलाई विशेष दिनको रुपमा मनाउनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै नेकपा पर्वतले पनि पार्टी कार्यालयमा दिप प्रज्ज्वलन गरेको छ भने गाउँ गाउँमा विभिन्न संघ संस्थाहरुले दिप प्रज्ज्वलन गरेका थिए ।


नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको हो ।
प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । शनिवार भएको दफावार छलफलपछि विधेयक निणर्यार्थ पेश भएको थियो । संवैधानिक व्यवस्थाअनुसार संविधान संशोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत् गर्नुपर्ने व्यवस्थाअनुसार मतदानबाट सर्वसम्मत पारित भएको हो ।
संविधान संशोधनका पक्षमा २ सय ५८ मत परेको छ भने आजको संसद बैठकमा २ सय ५८ जना सांसदहरु उपस्थित रहेका थिए । सबैले पारित गरियोस भन्ने पक्षमा मतदान गरेका हुन ।
दफावार छलफलपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस भनि प्रस्ताव पेश गरेकी थिइन् । सो पश्चान मतदान प्रक्रिया शुरु गरिएको थियो ।
यसअघि डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन । उक्त विधेयकमाथिको दफावार छलफलमा सबै राजनीतिक दलले समर्थन जनाएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी