पर्वत समाज स्पेनद्धारा अस्पतालले स्थापना गरेको विपद कोषमा सहयोग

पर्वत, जेठ ३१ । पर्वत समाज स्पेनले जिल्ला अस्पताल पर्वतलाई आर्थिक सहयोग गरेको छ । जिल्ला अस्पताल पर्वतले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारर्थ स्थापना गरेको विपद कोषमा पर्वत समाज स्पेनले १ लाख ५५ हजार ९ सय ८० रुपैयाँ सहयोग गरेको हो ।

गरिव तथा असहाय नागरिकको उपचारर्थ जिल्ला अस्पताल पर्वतले स्थापना गरेको विषद कोष जिल्लाबासीका लागि खुशीको कुरा भएकाले रकम सहयोग गरेको पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिनुभयो । उहाँले पर्वत समाज स्पेनले र स्पेनमा रहेका पर्वतेली नेपालीहरुको संयुक्त पहलमा आर्थिक सहयोग गरेको बताउनु भयो । समाजले यसअघि पनि जिल्ला अस्पताल पर्वतलाई थुप्रै सहयोग उपलव्ध गराउँदै आएको छ ।

अस्पतालले स्थापना गरेको विपद कोषमा हालसम्मकै ठुलो रकम प्राप्त भएको जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडी गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘जीवन तथा पारिवारिक योजनामा स्पेन रहनु हुने र हाम्रो अभियानमा प्रोत्साहित गर्नु हुने पर्वत समाज स्पेन र यसका पदाधिकारी, सदस्य तथा स्पेनमा बस्ने पर्वतेलीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु,।’

अध्यक्ष गिरीले जिल्ला अस्पताल पर्वत सबै जिल्लावासीको साझा संस्था भएको अन्यसंघ संस्था र व्यतिmहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष गिरीको भनाई छ । गिरीका अनुसार हालसम्म विषद कोषमा ७ लाख २३ हजार पाँच सय २९ रुपैयाँ संकलन भएको छ । संकलन भएको रकमलाई मुद्धति खातामा राखेर व्याजबाट सहयोग गर्ने गरि कोषलाई दिर्घकालिन बनाउने योजना रहेको गिरीले सुनाउनु भयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी