पर्वतमा कोरोना संक्रमित ६ बर्षे बालकको स्वास्थ्य अबस्था सामान्य, नेगेटिभ रिर्पोट आएका ५८ जनालाई पालिकामा पठाइदै

पर्वत , जेठ ३१ / कोरोना संक्रमण पुष्टि भएका पर्वतको कुस्मा नगरपालिका १० का ६ बर्षिय बालक सहित ४ जनाकै स्वास्थ्य अबस्था सामान्य पाइएको छ ।
भारतबाट आई कुस्माको पुलिङ क्वारेन्टाईनमा रहेका बालक सहित सहित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालय पर्वतले जानकारी दिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पर्वतमा कुश्मा नगरपालिका १० पिपलटारीका ६ बर्षिय बालक, सोही ठाउँकी १७ बर्षिया महिला, जलजला गाउँपालिकाका १७ बर्षिय पुरुष तथा महाशिला गाउँपालिका वडा नं ५ लुंखु घर भएका १६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका हुन ।

सबै संक्रमितमा कोरोनाका कुनै पनि लक्षण नदेखिएकोले स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रबिण भण्डारीले बताउनुभयो । संक्रमित ६ बर्षे बालकका बाबु आमालाई पनि संक्रमण देखिएको छैन । बालकका बाबु आमामा संक्रमण भए नभएको अहिले सम्म खुलेको छैन । सबैलाई कुस्माको गुप्तेश्वर क्याम्पस स्थित आइसोलेसनमा राख्ने तयारी भएको छ।
यसैबिच शुक्रबार र शनिबार कोरोना परिक्षणका क्रममा नेगेटिभ रिर्पोट आएका ५८ जनालाई आजै सम्बन्धित पालिकाको क्वारेन्टाईनमा पठाइने भएको छ।

५८ जनालाई पालिकामा पठाइदै


शुक्रबार नेगेटिभ रिर्पोट आएका ३६ जना र शनिबार रिर्पोट आएका २५ जना मध्ये ५८ लाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाउन थालिएको हो । नेगेटिभ रिर्पोट आएका ३ जना स्वास्थ्यकर्मी रहेक छन ।
स्वास्थ्य कार्यालय पर्वतका प्रबक्ता भण्डारीका अनुसार कुस्मा नगरपालिकाका ३१ जना, फलेबास नगरपालिकाका ५ जना, पैयु गाउँपालिकाका ११ जना, महाशिला गाउँपालिकाका ६ जना र मोदी तथा जलजला गाउँपालिकाका १ १ जना रहेका छन ।

अनिवार्य क्वारेन्टाईनमा बस्न आग्रह

उनीहरुलाई अनिवार्य रुपमा पालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिन सम्म बस्न र एक हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरि पालिकाको जिम्मा लगाइने भण्डारीले बताउनुभयो । रिर्पोट नेगेटिभ आएपनि थ्रोड स्वाब संकलन पछि पनि ८ दिन सम्म संगै बसेका कारण नेगेटिभ रिर्पोट आएका सबैलाई पनि शंकाको दृष्टिकोणले हेर्नुपर्ने अबस्था आएको छ । संक्रमित महिला संग १५ जना अन्य महिला पनि थिए भने अन्य संक्रमित पुरुषहरु संगै अन्य ब्यक्ति समेत रहेका थिए । नेगेटिभ रिर्पोट आएपनि संक्रमित संगै लामो समय बसेका कारण उनीहरुले अनिवार्य रुपमा क्वारेन्टाईनको नियम पालना गरेर बस्नुपर्ने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाको भनाई छ । दुई हप्ताको क्वारेन्टाईन बसाई पछि एक हप्ता घरमा समेत क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । समुदायमा कोरोना नफैलाउनका लागि पालिकामा अनिवार्य क्वारेन्टाईनमा बसाल्न स्थानिय बासिन्दा र जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने डा. देबकोटाको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी