गण्डकी प्रदेशमा एक बालक सहित ५ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १९७ पुग्यो

पर्वत , जेठ ३१ /गण्डकी प्रदेशमा शनिबार एक बालक सहित ५ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा पर्वतको कुस्मा नगरपालिकाका ६ बर्षिय बालक सहित ४ जना र नवलपरासी जिल्लाको सुस्ता पुर्व जिल्लामा एक जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका ६ बर्षिय बालक, सोही ठाउँकी १७ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पर्वतकै जलजला गाउँपालिका वडा नं १ बाँसखर्कका १७ बर्षिय पुरुष तथा महाशिला गाउँपालिका वडा नं ५ लुंखु घर भएका १६ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको क्षेत्रिय स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
पर्वतमा थपिएका सबै संक्रमितहरु भारतबाट आई कुस्मा स्थित क्वारेन्टाईनमा बसिरहेका र स्वास्थ्य अबस्था सामान्य रहेको छ। ृउनीहरुलाई कुस्माको गुप्तेश्वर क्याम्पसमा बनाइएको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गर्ने तयारी भैरहेको छ ।
यसैगरी साथै गण्डकी प्रदेशमै नवलपरासी जिल्ला ९बर्दघाट सुस्तापुर्व जिल्लाको मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका ४५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । वहाँलाई नवलपरासी जिल्ला ९बर्दघाट सुस्ता पूर्व० को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।