पर्वतमा थप चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ पुग्यो

पर्वत, जेठ ३१ / पर्वतमा थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन ।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो । उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन । संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । उनीहरुलाई गुप्तेश्वर क्याम्पस स्थित अस्था

यी कोरोेना अस्पतालको आइसोलेसनमा लाने तयारी भैरहेको छ । संक्रमित सबै भारतबाट आएका र कुस्मा स्थित पुलिङ क्वारेन्टाईनमा नै रहेका छन ।
यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। शुक्रबार मात्रै पर्वतको कुसमा नगरपालिकामा १० जना, महाशिला, पैंयु र बिहादी गाउँपालिकामा गरि १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी