पर्बतमा संक्रमित भेटिएका १२ जना कुश्माको कोरोना अस्पताल भर्ना

पर्वत, जेठ ३० । शुक्रबार पर्बतमा भेटिएका १२ जना कोरोना संक्रमितको जिल्लाकै सदरमुकाम कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा भर्ना गरी उपचार थालिएको छ । उनीहरुलाई एम्बुलेन्सबाट अस्पताल लगिएको हो ।
गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा एक हप्ता अघि पठाईएको २ सय २७ जना मध्ये ४८ जनाको स्बावको रिर्पोट आज बिहान सार्वजनिक भएको थियो । ४८ जना मध्ये १२ जनाको रिर्पोट पोजेटिभ आएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाकाले जानकारी दिनुभयो ।
रिर्पोट पोजिटिभ देखिनेमा कुश्मा नगरपालिका, फलेबास नगरपालिका, पैंयु गाउँपालिकाका र विहादी गाउँपालिकाका रहेका छन् । संक्रमित मध्ये कुश्मा नगरपालिका १० का ६ जना कुश्मा नगरपालिका ३ का १ जना (मणिपालमा उपचाररत) कुश्मा नगरपालिका १३ का १ जना कुश्मा नगरपालिका १ का १ जना फलेबास नगरपालिका १० का १ जना महाशिला गाउँपालिका ३ का १ जना बिहादी गाउँपालिका ३ का १ जना र पैयु गाउँपालिका ३ का १ जना रहेको देबकोटाले जानकारी दिनुभयो ।
उनिहरु मध्ये एक जना महिला र अरु सबै पुरुष रहेका छन् । कोरोना पोजिटिभ देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ । पीसीआर रिपोर्ट पोजिटिभ आएको भएपनि उनीहरुमा कुनै लक्षण नदेखिएको देबकोटाले बताउनुभयो । पोजिटिभ देखिएका बाहेक सबै सुरक्षित रहेको उहाले बताउनुभयो । आइसोलेसनमा भर्ना गरेपछि जुन लक्षण देखिन्छ सोही रोगको उपचार गरिने डा. देवकोटाले जानकारी दिनुभयो । यदि कुनै लक्षण नदेखिए निश्चत मापदण्ड बनाएर अर्को पीसीआर परीक्षणको तयारी गर्ने उहाले बताउनुभयो । यस अघि कोरना पोजेटिभ देखिएर अस्पतालको आईसुलेशनमा उपचार गराईएका ९ जनाको अबस्था सामान्य रहेको र उनिहरुको पनि बिहिबार मात्रै दोस्रो पटक स्बाव संकलन गरी परिक्षणको लागि चितवन पठाईएको देबकोटाले जानकारी दिनुभयो ।