पर्वतमा थपिएका मध्ये १२ जना भारतबाट आएका, एक जना दुर्घटनाका घाइते

पर्वत, जेठ ३० / पर्वत जिल्लामा शुक्रबार बिहान संक्रमण पुष्टि भएका मध्ये १२ जना पुरुष भारतबाट आएको पाइएको छ । भारतबाट आउने क्रममा सिमानाबाट उद्दार गरि सोझै रेन्टाईनमा राखिएका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये एक जना पर्वतमै मोटरसाइकल दुर्घटनामा परि २२ गतेदेखि मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका ब्यक्ति भएको बताइएको छ। कुस्मा नगरपालिका ती ब्यक्तिलाई अस्पतालमा नै संक्रमण भएको आशंका गरिएको छ ।
अन्य संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० पिपलटारीका १९,२३,२८,२०, ३७ र २८का पुरुष छन । यस्तै कुस्मा नगरपालिका ३ कै २९ बर्षिय पुरुष, कुस्मा नगरपालिका १ का ४५ बर्षिय पुरुष तथा कुस्मा नगरपालिका १३ का बर्ष नखुलेका एक जना पुरुष रहेका छन । यस्तै पैंयु गाउँपालिका ३ का २० बर्षिय पुरुष र बिहादी गाउँपालिकाका ३ का ३२ बर्षिय पुरुष रहेका छन । उनीहरु सबै भारतबाट नेपाल आउने क्रममा सिमानाबाट उद्दार गरि कुस्मास्थित पुलिङ क्वारेन्टाईनमा राखिएका हुन ।
पर्वतमा यस अघि संक्रमण पुष्टि भएका फलेबास नगरपालिकाका ४ जना, बिहादी गाउँपालिकाका २ जना र माहाशिला गाउँपालिकाका ३ जना पनि भारतबाट नै नेपाल आएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो