पर्वतको महाशीलाका कर्मचारीद्धारा विपद व्यवस्थापन कोषमा १ लाख २८ हजार रुपैया सहयोग

पर्वत, जेठ ३० ।पर्वतको महाशीला गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ को प्रभावका कारण विपन्न, गरिब तथा असहाय नागरिकहरुको सहयोगका लागि गाउँपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको थियो । उक्त कोषमा महाशीला गाउँपालिकाका कर्मचारीहरु अधिकृत स्तरकाले ५ दिन र सहायक तथा अन्य स्तरकाले तीन दिन बराबरको रकम जम्मा गरेका हुन ।
उनिहरुले बुभवार गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा १ लाख २८ हजार ४ सय ८३ रुपैया जम्मा गरेको महाशीला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्थापना गरेको कोषमा कर्मचारीहरुको तर्फवाट पनि केहि योगदान गर्ने उद्धेश्यले उक्त रकम जम्मा गरेको उहाँले बताउनुभयो ।
यस अघि महाशीला गाउँपालिकाले ९ लाख रुपैयाको राहत कोष स्थापना गरी गाउँपालिकाका विपन्न, असहाय नागरिकहरुका लागि पहिलो चरणमा राहत समेत वितरण गरिसकेको छ ।