पर्वतमा थपिएका १२ जना संक्रमितलाई कोरोना अस्पतालमा भर्ना गर्ने तयारी, अस्पतालमा बेड अभाब

पर्वत, जेठ ३०/ र पर्वत जिल्लामा शुक्रबार बिहान थप भएका १२ जना संक्रमितलाई अस्थायी कोरोना अस्पतालमा लैजाने तयारी गरिएको छ ।
संक्रमण पुष्टि भएका मध्ये एक जना मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका कारण १२ जनालाई कुस्माको गुप्तेश्वर क्याम्पस स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना गर्ने तयारी गरिएको हो । संक्रमित सबै कुस्माको पुलिङ क्वारेन्टाईनमा रहेका छन ।
गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये कुस्मा नगरपालिकाका १९,२३,२९,३७,४५,२८,२० २८ बर्षका पुरुष र १ जना बर्ष नखुलेका पुरुष छन । यस्तै पैंयु गाउँपालिकाका २० बर्षिय पुरुष र बिहादी गाउँपालिकाका ३२ बर्षिय पुरुष रहेका छन । उनीहरुलाई अस्थायी कोरोना अस्पतालमा लैजाने तयारी भएको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो । अहिले क्वारेन्टाईनबाट पोजेटिभ देखिएकाहरुलाई छुट्याउने काम भैरहेको छ।
पर्वतमा कोरोना संक्रमितको संंख्या २२ पुगेको छ । यस अघि संक्रमण पुष्टि भएका फलेबास नगरपालिकाका ४ जना, बिहादी गाउँपालिकाका २ जना र माहाशिला गाउँपालिकाका ३ जनाको अस्थायी कोरोना अस्पतालमा उपचार भैरहेको छ । गुप्तेश्वर क्याम्पसमा यस अघि सञ्चालनमा आएको अस्थायी अस्पतालको क्षमता २० बेड मात्रै रहेको छ । ९ जना उपचारकै क्रममा रहेको र थप १२ जनामा संक्रमण देखिएकाले बेड अभाब छ । गुप्तेश्वरमा ८० बेडको थप आइसोलेसन तयार गर्न पर्वतका सबै पालिकाको खर्चमा काम भएपनि अझै तयार हुन सकेको छैन । दिउँसो सम्म बिरामी राख्न मिल्ने गरि तयार हुने कुस्माका स्वास्थ्य शाखाका अधिकृत यामनाथ शर्माले जानकारी दिनुभयो । शुक्रबार बिहान आएको रिर्पोट मध्ये कति जनाको परिक्षण भएको हो भन्ने बिबरण अझै आएको छ। बिबरण नआएका कारण नेगेटिभ देखिएकालाई सम्बन्धित पालिकाको आइसोलेसनमा पठाउन केही समय लाग्ने देखिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी