गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ८८

पर्वत, जेठ ३० ,/ गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा थप ३७ जनामा संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पर्वतका १३, स्याङजाका २२ जना, तनहुँ र नवलपुरमा एक एक जनामा संक्रमण देखिएको छ ।
यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ सय ८८ पुगेको छ । ति मध्ये १ जनाको मृत्यु भएको छ भने ११ जनालाई निको भएको छ ।

गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी