२५० कोरोना संक्रमित थपिए, संख्या ४६१४ पुग्याे

काठमाडौं जेष्ठ २९। पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५० जनामा कोरोना भाइरस रोग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३० पुरुष र २० महिलालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ ।
आज कपिलवस्तु, रौतहट, सुनसरी, धादिङ, महोत्तरी, झापा, दाङ, रोल्पा, दैलेख, सुर्खेत, कैलाली, बाजुरा, प्यूठान, बझाङमा गरि २५० जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म ७२ जिल्लामा संक्रमण फैलिएको छ जसमा प्रदेश १ का १३ जिल्लामा ३०७, प्रदेश २ को ८ जिल्लामा १६७१, बागमती प्रदेशको १२ जिल्लामा १४७, गण्डकी प्रदेशको ९ जिल्लामा १४७, प्रदेश ५ को १२ जिल्लामा १३९९, कर्णाली प्रदेशको ९ जिल्लामा ७५९ र सुदुपश्चिमको ९ जिल्लामा १९२ जनालाई संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १८७ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ८६१ पुगेको छ जसमा छ ७७४ पुरुष र ८७ जना महिला रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार १९४ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख १५ हजार ९३० जनाको परीक्षण भएको बताउनुभयो । आज १ लाख ६२ हजार १३ जना क्वारेन्टिनमा बसिरहेका छन् । हाल ३ हजार ७३८ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।