किर्ते नागरिकता काण्डमा चार जना थुुनामा, प्रदेश सभा सदस्यका दाजु पनि किर्ते काण्ड मा थुनामा

पर्वत , २९ जेठ / एउटा ब्यक्तिको नाममा अर्को ब्यक्तिको फोटो टाँसी किर्ते नागरिकता बनाएको अभियोगमा चार जना पुर्पक्षका लागि थुनामा परेका छन ।
पर्वत जिल्ला अदालतको आदेशले किर्ते नागरिकता काण्डमा मुछिएका चार जना अभियु
क्त थप अनुसन्धानका लागि पुर्पुक्षका लागि थुनामा परेका हुन । जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो ।
पुर्पक्षका लागि थुनामा पर्नेमा मोदी गाउँपालिका वडा नं २ का टिमराज गुरुङ, मोदी गाउँपालिका २ का गोरबहादुर पुन, मोदी गा.पा.वडा नं. ३ बस्ने चंख बहादुर पुनमगर, म्याग्दीको रघुगंङ्गा गाउँपालिका ४ बस्ने चप्रसाद गर्बुजा रहेका छन । अभियुक्त टिमराज गुरुङ्ग गण्डकी प्रदेशसभाका सदस्य ललितकला गुरुङ्गका सहोदर दाजु हुन । गुरुङ्ग नेपाली कांग्रेसकी समानुपातिक तर्फकी प्रदेशसभा सदस्य हुन भने दाजु टिमराज सेवा निबृक्त शिक्षक हुन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउरालीका चंखबहादुर पुन मगरका बाबु रुद्रबहादुर पुनले नोकरी गरेको ब्रिटिश सेनाको रेकर्डमा भएको नामथर टंकप्रसाद पुनबाट नक्कली नागरिकता बनाई म्याग्दी जिल्ला रघुगंगा गाँउपालिका गाउँपालिका नं ४ बस्ने चप्रसाद गर्बुजाको फोटो टाँसेर जिल्ला प्रशासन कार्यालयबाट राहदानीको सिफारिस लिने क्रममा उक्त काण्ड बाहिर आएको थियो ।
जिल्ला प्रशासन कार्यालयले शंका गरेर चप्रसाद गर्बुजा र पर्वतको मोदी गाँउपालिका वडा नं ३ देउराली बस्ने गोरबहादुर पुन मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मोदी गाउँपालिका २ देउपुरका टिमराज गुरुङ र गोरबहादुर पुन मगरको मिलेमतोमा बिभिन्न ब्यक्ति, संस्था र कार्यालयको समेत किर्ते छाप र लेटरप्याड प्रयोग समेत गरेको फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अभियुक्तहरुले जननेत्र माध्यामिक बिद्यालयबाट र शिव आधारभुत बिद्यालयबाट बिभिन्न कागजातहरु बनाएको, चंखबहादुर पुन मगरको फोटो टासिएको टंकप्रसाद पुनको नामको नक्कली नागरिकता प्रमाण पत्र, चंखबहादुर पुन मगरको फोटो टासिएको टंकप्रसाद पुनकै नामको राहदानी, गोरबहादुर पुन मगरको फोटो टासिएको खुमप्रसाद पुनको नामको नक्कली नागरिकता प्रमाण पत्र, गोरबहादुर पुन मगरको फोटो टासिएको खुमप्रसाद पुनको नामको राहदानी, नेपाल सरकारको लोगो, मोदी गाउँपालिका ३ नं वडा कार्यालय देउराली पर्वत ४ नं, प्रदेश नेपाल २०७३ लेखेको नक्कली छाप, देवेन्द्र बहादुर क्षत्री वडा अध्यक्ष भएको नक्कली छाप समेत बरामद भएको छ ।

उनीहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी सम्पुर्ण अनुसन्धान कार्य सम्पन्न गरि अदालतमा मुद्दा पेश गरिेएको जिप्रका पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी