भारतबाट फर्कने बढेपछि पर्वतमा थपियो क्वारेन्टाइन- कुस्मा र छिमेकी पालिकमा पनि बिस्तार

पर्वत ,जेष्ठ २८/ पर्वतमा भारतबाट फर्किनेको संख्या ह्वात्तै बढेपछि कोरोना नियन्त्रण जिल्लास्तरीय कमाण्ड पोस्ट (सीसीएमसी) ले सदरमुकाम र पायक स्थानमा क्वारेन्टाइनको संख्या थपेको छ । यसअघि जिल्लाभर ३ सय ६० बेड भएकोमा पछिल्लो एक सातामा साढे ५ सय बेडसहितको क्वारेन्टाइन थपिएको हो ।

जिल्लाको सीसीएमसीले भारतबाट आउनेलाई सदरमुकामस्थित विभिन्न क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको रिपोर्टपछि मात्रै सम्बन्धित पालिकाका क्वारेन्टाइनमा पठाउने निर्णय गरेको छ । निर्णयबमोजिम भारतबाट आउनेको चाप दैनिक बढ्दै गएपछि सीसीएमसीले सदरमुकाम बाहेक अन्य स्थानमा पनि क्वारेन्टाइनको व्यवस्था गर्न लागेको हो । क्वारेन्टाइनले धान्न सक्ने अवस्था नभएपछि संख्या बढाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले पछिल्लो एक सातामा मात्रै ५ सय ३० बेड क्वारेन्टाइन थपिएको बताए । सदरमुकाम कुश्माबजार, मोदी गाउँपालिकाका विभिन्न विद्यालयमा क्वारेन्टाइन थपिएको हो । सिसिएमसीले भारतबाट तत्कालै आउनेहरुको तथ्याङ्क संकलनसमेत गरेको छ । सबै पालिकाहरुबाट प्राप्त तथ्याङ्कअनुसार तत्कालै आउन चाहनेको संख्या करिब २१ सय छ । तीबाहेक तेस्रो मुलुकबाट आउन चाहनेको संख्या करिब ५५ सय भएको तथ्याङ्क छ । ‘हामीले सबै पालिकालाई तयारी अवस्थामा रहन भनेका छौं,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रका जनशक्ति कमी हुँदा व्यवस्थापनमा कठिन हुने देखिएको छ ।’

भारतबाट सिधै जिल्ला भित्रिनेहरुलाई सम्बन्धित पालिकाले खर्च बेहोर्ने गरी सदरमुकामका क्वारेन्टाइनमा राख्ने व्यवस्था छ । कम्तीमा दुई साता बस्नुपर्ने भएकोले व्यवस्थापनमा समस्या भएको हो । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट नआएसम्म सम्बन्धित पालिकाले तयार पारेका क्वारेन्टाइनमा पठाउन नमिल्ने भएकोले पनि सदरमुकाममा भीड बढेको हो । पालिकामा सिधै लैजाँदा गाउँमा संक्रमणको जोखिम भयावह हुने डरले परीक्षणको रिपोर्टका आधारमा मात्रै पठाउन लागिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर देवकोटाले बताए । उनका अनुसार रिपोर्ट नेगेटिभ आएकाहरुलाई कम्तीमा ३ साता क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।
कान्तिपुर

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी