२७९ कोरोना संक्रमित थपिए, संख्या ४३६४ पुग्याे

काठमाडौं, जेष्ठ २८। आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) को पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।


यो संगै कोरोना संक्रमितको संख्या ४२६४ पुगेको छ । पुरुषको संख्या ४ हजार ५५ र महिलाको संख्या ३०९ रहेको छ । आज संक्रमण पुष्टि भएका जिल्लाहरुमा धनुषा, मोरङ, झापा, चितवन, उदयपुर,सर्लाही,नवलपरासी, कपिलवस्तु लगायत छन् । संक्रमण ७२ जिल्लामा फैलिएको छ ।

६७४ जना निको भए
पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १, कोशी अस्पतालबाट ६, बलम्बु अस्पतालबाट १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८, कोभिड अस्पताल जनकपुरबाट ३७, सिरहाबाट २० र दाङबाट ७ गरि ९० जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ६७४ पुगेको छ जसमा छ ५९५ पुरुष र ७९ जना महिला रहेका छन् ।

पीसीआरबाट पछिल्लो २४ घण्टामा ४ हजार ४११ जनाको परीक्षण
प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार ४११ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म पीसीआरबाट १ लाख १० हजार ७४४ जनाको परीक्षण भएको छ । आज १ लाख ७२ हजार २६६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो