साँसद गिरीद्वारा वारीबेनी -मल्लाज सडक अनुगमन, भिरालोमा नाली नबाई ढलान गर्दा दुर्घटनाको जोखिम

पर्वत, जेठ २७ /जिल्लाको जलजला गाउँपालिकामा सञ्चालन भएका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको प्रतिनिधि सभाका सांसद पदम गिरीले अनुगमन गरेका छन् ।


चालु आर्थिक बर्षमा संघीय सरकारको कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा सिफारिस भएका पूर्वाधार साझेदारी कार्यक्रमको सांसद गिरीले अनुगमन गरेका हुन् ।


लड डाउनकै अवधिमा जलजला गाउँपालिकाले पूर्वाधार साझेदारी कार्यक्रमका आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरेको छ । वारीवेनी देखिमाझफाँट सडकमा कटिङ, ग्रेड मिलाउने र ढलान गर्ने काम भएको छ । डोजर परिचालन गरेर ५०० मिटर सडक कटिङ र फिलीङ गरिएको छ । ५०० मध्य १३२ मिटर लम्बाई, ६ देखि ७ मिटर चौडाई भएको भिरालो सडकलाई डेढ मिटरका दरले गहिराएर ग्रेड मिलाइएको छ ।

१३२ मिटर उकालो सडकमा रड राखेर ढलान गरिएको छ । सडक ढलानका क्रममा भिरालो सडकमा नाली नबनाउँदा उल्टो दुर्घटनाको जोखिम भने देखिएको छ। असाध्यै भिरालो सडकको ढलानमा पानी बग्दा लेउ लाग्ने र सवारी साधन चिप्लने खतरा देखिएको हो । सडक निर्माणका क्रममा नाली नबनाउँदा ढलानमा लेउ लागेर दुर्घटनाको जोखिम देखिएको साँसद गिरीले बताउनुभयो । गाउँपालिकाले यसमा ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।

सडकको माइनडाडा खण्डमा सडक ढलान गरेपछि बेनी मल्लाज सडकमा बस सञ्चालन गर्ने जलजला गाउपालिकाको योजना छ । माइनडाडा क्षेत्रको बक्स कटिङ गरिएको खोचभित्रको उकालो ग्रेड नमिलेको सडक जोखिमयुक्त थियो ।माइनडाडाको सडक सुधार गर्न स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत पचास लाख रुपैयाँ बिनियोजन भएको थियो भने गाउँ पालिकाले ४२ लाखमा ठेक्का सम्झौता गरेको छ । गत वर्ष पनि सोही सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत बिनियोजित पचास लाख रुपैयाँ बजेटबाट डेढ मिटर गहिराउनुका साथै घुम्तीमा पक्कि पर्खाल र केनाली निर्माण गरिएको थियो । एक सय मिटर भन्दा बढी सडक ढलान समेत गरिएको थियो । गत वर्ष नै जलजला गाउपालिकाले थप बीस लाख खर्चेर सुधारको काम गरेको थियो । ठाडो उकालो र चट्टानी पहाड भएको माइनडाँडाको भिरमा छ वर्षअघि ट्याक खोलिएको थियो ।

स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत जलजला गाउँपालिकामा चालु आर्थिक बर्षमा वारीवेनी देखि माझफाँट सडकका लागि ५० लाख, मिलन चोक देअि लेकफाँट ,शालिजा सडकका लागि २० लाख र हिमशिखर युवा क्लबको भौतिक पूर्वाधार निर्माणका लागि १० लाख रुपैया विनियोजन भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी