म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ । म्याग्दीमा गएराती परेको पानीले आएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउपालिका–६ कोटगाउँ पहिरोमा पुरिएर गएराती दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नानिती रोशनीको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार राति ११ बजेतिर उनिहरु सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

राती सुतिरहेको अवस्थामा बर्षापछि माथिबाट आएको पहिरो आएर दल प्रसाद शेरपुजाको श्रीमती र उनको छोरीको छोरी ४ बर्षिया नातिनीको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो ।
पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए ।

पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी