आगलागी पिडित ब्यबसायीलाई पर्वत उद्योग बाणिज्य संघद्वारा राहत बितरण

पर्वत, जेठ २७ / खाना पकाउने ग्याँस चुहिएर आगलागी हुँदा पिडीत भएका पर्वतको कुस्माका होटल ब्यबसायीलाई पर्वत उद्योग बाणिज्य संघले राहत बितरण गरेको छ ।
आगलागीबाट होटलमा क्षति पुगेका कुस्माका ब्यबसायी बिष्णुप्रसाद गौतमलाई संघले मंगलबार एक कार्यक्रमका बिच २० हजार रुपैया राहत बितरण गरेको हो ।
कुस्माबजारको प्रगतिचोकस्थित हुवास होटलका सञ्चालक गौतमलाई प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले राहत रकमको चेक हस्तानतरण गर्नुभयो । पर्वत उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यबसायी कल्याण कोषबाट थोरै भएपनि राहत रकम बितरण गरेको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । पर्वत उद्योग बाणिज्य संघले सञ्चालन गर्ने महोत्सबबाट बचेको रकमबाट कल्याण कोष स्थापना गरेको छ। उक्त कोषबाट यस अघि पनि बिभिन्न ब्यबसायीहरुलाई राहत बितरण गरिएको थियो । पिडामा संघले थोरै भएपनि राहत दिने काम गरेकोमा पिडीत गौतमले धन्यबाद दिनुभयो ।

यसैबिच पर्वत उद्योग बाणिज्य संघले पर्वत जिल्लाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी प्रमुख डिएसपी बिश्वराज अधिकारीलाई सोही कार्यक्रममा स्वागत गरेको छ। संघका अध्यक्ष केदारनाथ शर्माले माला र खादा लगाएर प्रजिअ रेग्मी र डिएसपी अधिकारीलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ रेग्मीले सरकारलाई कठिन परेको बेला सहयोग गर्ने नै उद्योगी ब्यबसायी भएको बताउँदै अहिले बिश्वब्यापी महामारी नियन्त्रणका लागि पनि ब्यबसायिक क्षेत्रको उत्तिकै सहयोग आवश्यक छ भन्नुभयो । उहाँले कोभिड १८ को महामारीबाट सबैभन्दा प्रभावित भएको क्षेत्र नै उद्योग ब्यबसाय क्षेत्र भएपनि यसलाई नियन्त्रणका लागि ब्यबसायी संग हातेमालो गरेर अघि बढ्न आबश्यक छ भन्नुभयो । प्रचलित ऐन कानुनका अधिनमा रहेर उद्योगी ब्यबसायी क्षेत्र संग सहकार्य गर्ने प्रजिअ रेग्मीले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रनाउ अधिकारीले कानुन कार्यन्वयन गर्ने निकाय भएकाले अपराध नियन्त्रण, अनुसन्धान र काबार्हीका लागि सधै प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि ब्यबसायी क्षेत्र संग सहकार्य हुने अपेक्षा राख्नुभयो ।
कार्यक्रममा उपस्थित सघका पुर्ब अध्यक्षहरु, पदाधिकारी लगायतले पर्वतमा ब्यबसायिक क्षेत्रले भोग्नु परेका समस्या र समाधनका बिषयमा जिज्ञासा र सुझाब रााखेका थिए ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा धन्यबाद मन्तब्य बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र सञ्चालन महासचिब गणेश लामिछानेले गर्नुभएको थियो।