जीप चालकले धोका दिए, वडा अध्यक्षले आफै गाडी चलाएर संक्रमितलाई अस्पताल पुर्याए

बागलुङ, २७ जेठ/कोरोनाका बिरामीको उपचार गर्न धौलागिरी अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको थियो । जिल्लाका सबै कोरोना सम्बन्धि क्रियाकलापको अनुगमन र व्यवस्थापनका लागि सरकारले बनाएको जिल्ला कमाण्ड पोष्ट थियो । भारतबाट आउनेहरुको लर्को नलाग्ने बेलासम्म केही क्वारेन्टाईन बनाउने र राहत वितरण गर्ने कामबाहेक स्वास्थ्य संस्थाहरुमा औषधि र सुरक्षा सामग्रीको उपलव्धताका लागि मात्रै प्रयास भए तर भोलि बिरामी होलान, आईसोलेन पु¥याउनु पर्ला भनेर निसीखोला गाउँपालिकाले केही सोचेकै थिएन ।
गत जेठ २२ गते भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कहाँ राखेर उपचार गर्ने भन्नेमै लामो समय छलफल गर्नुप¥यो । जिल्ला कमाण्ड पोष्टसँगको निरन्तरको छलफलपछि धौलागिरी अस्पतालमा नै राखेर उपचार गर्ने भन्ने टुंगो त लाग्यो तर कसले केमा बोकेर पु¥याउने भन्नेमा तयारी थिएन । निसीखोला गाउँपालिकामा कुनै पनि एम्बुलेन्स सञ्चालनमा छैनन् ।
आफ्नै एम्बुलेन्स नभएका कारण संक्रमण पुष्टि भएकाहरुलाई ३३ घण्टापछि बडिगाड गाउँपालिका मातहतमा रहेको एम्बुलेन्सको सहायता लिएर अस्पताल पु¥याईयो । निसीखोलामा भारतबाट आएर क्वारेन्टाईनमा बसेका धेरै छन् । तीमध्ये धेरैको जाँच भएकै छैन् । जाँच भएकाहरुको रिपोर्ट आउने क्रम जारी छ । सम्भावित संक्रमितको आँकलन गर्दै गाउँपालिकाले भाडामै सवारी लिएर भए पनि संक्रमितलाई आईसोलेसन पु¥याउने व्यवस्था थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेल बताउँछन् । तर, गाउँपालिकाले तयारी अवस्थामा राखेको पिकअप भ्यानले पर्दाको घडिमा भने साथ दिएन् ।
मंगलबार तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । बुर्तिबाङस्थित स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसनमा पु¥याउन गाउँपालिकाले गरेको आग्रह भ्यानका चालकले मानेनन् । संक्रमित बोक्न चालकले नमानेपछि खैलाबैला मच्चियो । आफ्नै गाउँपालिकाका नागरिकले आईसोलेसन पुग्ने गाडी चलाउने चालक नपाएपछि वडा नं. ३ का अध्यक्ष जुनबिक्रम शाही आँफै भ्यान हाँक्न कस्सिए । स्वास्थ्यकर्मीको सहयतामा पिपिइ लगाएर उनले संक्रमितलाई आईसोलेसन पु¥याए । ‘चालकले धोका दिए वडाध्यक्ष ज्यू कस्सिएर गाडी चलाउनुभो’ अध्यक्ष पौडेलले भने ‘जिल्लाले यो बेला रमिता देखायो, हामीसँग केही छैन गर्न सबै हामीले नै पर्ने ।’ शाहीले संक्रमितलाई तत्काल आईसोलसन पु¥याउनका लागि आँफुले जिम्मेबारी निभाएको बताए । पिकअप भ्यानको पछाडी राखेर शाहीले संक्रमितलाई स्वास्थ्य केन्द्रमा पु¥याएका थिए ।ढोरपाटन न्युजबाट