थप ३२३ जनामा कोरोना संक्रममण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाडौँ,२७ जेठ । आज थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा ३२३ जनामा संक्रमण पुष्टी भएको बताएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।

इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो । यो सँगै संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ५८४ पुगेको छ ।
इलाममा पनि संक्रमित भेटिएसँगै हालसम्म ७२ जिल्लामा कोरोना भाइसरसको संक्रमण फैलिएको छ ।
१५ जनाको मृत्यु
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको हो ।
भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सी.यूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुकामात्र भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या सममेत रहेको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिला र स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी