गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४

पोखरा,जेष्ठ २७/ गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

नवलपुरको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखी ४० वर्ष सम्मका १२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए ।

त्यसै गरि बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ बर्षिय ३ जना पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४९ बर्ष सम्मका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको शर्माले बताए ।

त्यसैगरी म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४६ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माका भनाई छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । अहिले सम्म ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो