बागलुङमा थप ११ जनामा कोरोना पुष्टी

बागलुङ ,२७ जेठ /बागलुङ जिल्लामा मंगलबार थप ११ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको बरेङ गाउँपालिकामा ८ र निसीखोला गाउँपालिकामा ३ गरी ११ जनामा कोरोना पुष्टी भएको हो । थप ११ जनामा कोरोना पुष्टी भएसंगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बरेङ गाउँपालिकाका ८ जना र निसीखोला गाउँपालिकाका तीन जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनभयो । शर्माले मंगलबार बिहान ५ः४५ बजे जारी प्रेस विज्ञप्ती अनुसार बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, ४९, २३, र २७ बर्षका पुरुष र निसीखोला गाउँपालिकाका २१, २६ र २७ जनामा कोरोना पुष्टी भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो