कालीगण्डकी बहुउद्देश्यीय परियोजना र बेनी-कालीगण्डकी जलबिद्युत आयोजनाका लागि बजेट , पर्वतमा जलस्रोत र सिंचाई क्षेत्रमा बिनियोजन भएको बजेटको सुची सहित

कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको संभाबित बाँध निर्माणस्थल

पर्वत, जेठ २६/ जलबिद्युत, सिंचाइ र जलयात समेत सञ्चालन गर्न सकिने ८४४ मेघावाट क्षमताको जलासययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजना र ५० मेघावाट क्षमताको बेनी कालीगण्डकी जलबिद्युत आयोजनाको अध्ययनलाई सरकारले बजेट बिनियोजन गरेको छ ।
सरकारले यस बर्षको बजेटमा पर्वत, बागलुङ्ग र गुल्मी जिल्लामा निर्माण हुने कालीगण्डकी बहुउद्देश्यीयको परियोजनाको बिस्तृत सर्बेक्षण र बेनी–कालीगण्डकी जलबिद्युत आयोजनाको अध्ययनका लागि बजेट बिनियोजन गरेको छ।
कालीगण्डकी बहुउद्देश्यीय परियोजनाका लागि ६ करोड ९२ लाख ९७ हजार र बेनी –कालीगण्डकी जलबिद्युत आयोजनाका लागि ३९ लाख ९४ हजार बजेट बिनियोजन भएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक सर्बेक्षण सम्पन्न गरेको छ । पर्वतबासी र गण्डकी तथा प्रदेश नं ५ को आर्थिक मेरुदण्ड बन्न सक्ने कालीगण्डकी बहुद्देश्यीय परियोजना र पर्वत र म्याग्दीका जनता लाभान्वित हुने बेनी–कालीगण्डकी जलबिद्युत आयोजनाको बिकासका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तरको पहलपछि बजेट बिनियोजन भएको हो । ‘अध्यक्ष तिमिल्सनाको पहलमा बजेट बिनियोजन भएको हो’ मन्त्रालय स्रोतले भन्यो ‘दुबै परियोजना निर्माण भएपछि नेपालको जलस्रोत क्षेत्रमा ठुलो फड्को मार्नेछ ।’
प्रदेश नं ४ र ५ कै सबैभन्दा ठुलो जलबिद्युत परियोजनाको रुपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यी परियोजनाको बिस्तृत संभाब्यता अध्ययन गर्दै परियोजना अघि बढाउन राष्ट्रिय र स्थानियस्तरमा तीब्र लबिङ्ग भैरहेको छ । कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट कालीगण्डकीको तटिय क्षेत्रको बिकास हुने भएकाले परियोजना अघि बढाउन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, पर्वत र बागलुङ्गबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने साँसद देखि तटीय क्षेत्रका ६ वटा स्थानिय सरकारले लबिङ्ग गर्दै आएका छन । फलेबास नगरपालिकामा पदमपाणी शर्मा मेयर निर्वाचित भएपछि पहिलो बैठकबाटै परियोजना बढाउने निर्णय गरेका थिए ।यो परियोजना अघि बढेमा पर्वत, बागलुङ्ग र गुल्मीको ठुलो भूभागमा पर्यटन, सिंचाई र यातयातका क्षेत्रमा छलाङ्ग मार्ने बिश्वास स्थानियको छ ।
नेपाल बिद्युत प्राधिकरणले २०५२ सालमा गरेको प्रारम्भिक अध्ययनका अनुसार कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ भने कालीगण्डकी किनारका हजारौ हेक्टर फाँटहरुमा सिंचाई सुबिधा दिन सकिन्छ । यसबाहेक जलासयमा झण्डै ६० किलोमिटर क्षेत्रमा जलयातयात सञ्चालन गर्न पनि सकिने अध्ययनबाट देखिएको छ । कालीगण्डकी नदीमा पर्वतको बिहादी गाउँपालिका १ बाच्छा र बिहादी तथा बाग्लुङ्गको जैमुनी नगरपालिका वडा नं ८ छिस्तीको बिचमा कालीगण्डकी नदीमा १ सय ४५ मिटर अग्लो उच्च बाँध बाँधेर ८ किलोमिटर सुरुङ्गबाट बिहादी गाउँपालिकाको वडा नं ६ गोलाङ्गमा बिद्युत गृह बनाउन सकिन्छ । यसरी जलासययुक्त आयोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ ।
यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिबालयका अनुसार पर्वत जिल्लामा जलस्रोत तथा सिंचाईका सर्सत अनुदानमा प्रदेशस्तरबाट सञ्चालन हुने १० वटा योजनाका लागि बजेट बिनियोजन भएको छ भने नयाँ प्रबिधीमा आधारित नदी नियन्त्रण कार्यक्रममा ९ वटा योजना र तीन वटा सिंचाई मा बजेट बिनियोजन भएको छ । यस्तै एकिकृत उर्जा तथा सिंचाई योजनाहरुको संभाब्यता अध्ययन गरि संभाब्य योजना निर्माण गर्न २२ आयोजना छनौट भएका छन ।

जलविद्युत आयोजना अध्ययन कार्यक्रम

१. कालिगण्डकी जलासययुक्त जलविद्युत आयोजना पर्वत र म्याग्दी – रु. ६ करो ९२ लाख ९७ हजार

२. बेनी- कालिगण्डकी जलविद्युत आयोजना पर्वत र म्याग्दी रु. ३९ लाख ७४ हजार जलश्रोत तथा नदी नियन्त्रण

१. जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रम, वारी बेनी पर्वत रु २ करोड २. सल्लेनी पहिरो व्यवस्थापन कार्य, जलजला-६, पर्वत रु. ५० लाख नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रम (संघीय सरकारबाट कार्यान्वयन हुने योजनाहरु) सि.नं. योजनाको नाम बजेट कैफियत १ ठूलो खोला नियन्त्रण कार्य जलजला गापा ६ पर्वत सबै योजनाको लागि एकमुष्ठ रहेको २ घोडेढुङ्गा खोला नियन्त्रण कार्य शालिजा ५ पर्वत ३ कालिगण्डकी नदी संरक्षण कार्य, अर्मादी सानेबगर कुश्मा पर्वत ४ साउने माथिखेत तटबन्धन कार्य मोदी गापा ७ खोरखोरे पर्वत ५ भ्याप्लेखोला- सोतो खेत नदी नियन्त्रण ६ कालिगण्डकी नदी नियन्त्रण बगरफाँट लामाखेत पर्वत ७ झोपुघाट बाढी पहिरो नियन्त्रण कुनपा २ पर्वत ८ लिदीखोला बरौट तटबन्धन निर्माण ९ चौडिला संरग्दी खोला नदी नियन्त्रण फलेवास नपा ३ पर्वत १० भोटेखोला नदी नियन्त्रण कार्य विष्णुमन्दिर नजिक शालिला ४ भोटेडाँडा पर्वत

सिचाईँ योजना

११ लोप्रे लिफ्ट सिँचाई योजना सबै योजनाको लागि एकमुष्ठ रहेको १२ लाप्राङ्ग लिफ्ट सिँचाई योजना १३ पुरानो उपल्लो नयाँ कुलो सिँचाई आयोजना फलेवास नपा ११ पाङ्गराङ्ग ४.

एकीकृत उर्जा तथा सिँचाई विशेष कार्यक्रम (सम्भाव्यता अध्ययन गरी सम्भाव्य योजनाहरुको निर्माण प्रारम्भ गर्ने)

१ अर्मादी सानो बगर सिँचाई योजना अर्मादी सानो बगर बजेट एकमुष्ट कैफियत २ कालिगण्डकी लिफ्ट सिँचाई योजना पाङ्ग ३ कालिगण्डकी लिफ्ट सिँचाई योजना रानीपानी ४ कालिदह ठूलिपोखरी लिफ्ट सिँचाई योजना कुनपा ५ कालिगण्डकी पाङ्ग लिफ्ट सिँचाई योजना कुनपा १ पर्वत ६ केवादी खोला पुछारको ठूलो सिँचाई योजना ७ खुमखोला शंकरपोखरी पोखरा चौर भास्खेत सि.यो. फलेवास नपा २ पर्वत ८ खोलाखेत तथा लुङ्दी सिँचाई योजना जलजला ४ पर्वत ९ जहरे सिँचाई योजना कुनपा ९ पकुवा पर्वत १० तमासे खोला सिँचाई योजना फलेवास नपा पर्वत ११ दहको कुलो मर्मत जलजला २ पर्वत १२ दुर्लुङ्ग देउराली लिफ्ट सिँचाई योजना कुनपा ३ पर्वत १३ नाग्लिवाङ्ग लिफ्ट सिँचाई जलजला ८ पर्वत १४ पाङ्गराङ्ग सिँचाई योजना फलेबास नपा ११ पर्वत १५ पुर्नागाँउ पोखरी मर्मत तथा लिफ्ट सिँचाई जलजला २ पर्वत १६ पैयार पात्ले मर्म लिफ्ट सिँचाई योजना जलजला ३ पर्वत १७ मुलखोला माथिल्लो बानी डाँडा लिफ्ट सिँचाई योजना पैंयु ५ १८ मुसरबारी हाडीखर्क सिँचाई योजना पैंयु गापा १९ लुङ्गीखोला मुहानबाट उपल्लो सेराबेसी खेत सिँचाई योजना जलजला गापा ४ २० लेस्पार लिफ्ट सिँचाई योजना मोदी गापा ४ २१ बैठो-कटुवा लिफ्ट सिँचाई योजना पैंयु गापा २२ सेतीखोला भकुण्डे लिफ्ट सिँचाई योजना पैंयु गापा ३ र ४

सर्शत अनुदानमा प्रदेश स्तरबाट संचालन हुने योजनाहरु

१ फलेबास सिँचाई योजना ठानामौला भगरा देवीस्थान १० लाख ३० २ पत्थरखोला सिँचाई योजना पाङ्ग ३, ६ र ७ पर्वत ८० लाख ३ खहरेखोला सिरानको कूलो सिँचाई योजना कुनपा १ र २ पर्वत ७० लाख ४ दरकाडे धाहाखेत बासकोट सिँचाई योजना धाइरिङ्ग पर्वत ६० लाख ५ घनघने जैविरे सिँचाई योजना हुवास २५ लाख ६ मल्लाज सिँचाई योजना भेडाबारी सिँचाई योजना मल्लाज २५ लाख ७ कर्नास रागनास सिँचाई योजना पाङ्गराङ्ग ५ र ६ पर्वत २५ लाख ८ मुडिकुवा सिँचाई योजना मुडिकुवा पर्वत १० लाख ९ सालिजा न.प्र, सिँचाई योजना सालिजा ३ पर्वत

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी