कोरोना नियन्त्रणका लागि ११ जिल्लालाई गण्डकी प्रदेश सरकारले ८० लाख रुपैयाँ दिने

पोखरा,जेष्ठ २६/ गण्डकी प्रदेश सरकारले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि प्रदेशका ११ वटा जिल्लालाई ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को वैठकले ८० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेशभित्र कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि सरकारले व्यवस्थापन गर्नको लागि सबै जिल्लामा आर्थिकको आवश्यक परेको भन्दै रकम उपलब्ध गराउन लागेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । वैठकले तनहुँको भानु नगरपालिकाको केन्द्र परिवर्तन गर्नका लागि संघीय सरकारसँग सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशको प्रवेश नाका मुग्लिङमा स्थापना हुने नयाँ प्रहरी पोस्टको भौतिक निर्माणको लागि १४ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको प्रवक्ता बस्नेतले बताए । नयाँ संरचना भएकाले भवनसहित किचन र शौचालय पनि निर्माण गर्ने गरी रकम विनियोजन भएको उनले जनाएका छन । यसैगरी भौतिक पूर्वाधारको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सम्बन्धमा पनि निर्णय गरेको छ ।

संघीयतासँगै जिल्लाबाट प्राप्त सेवाबाट जनता वञ्चित थिए । मनाङका बासिन्दा खानेपानीको माग गर्दै गोरखा जिल्ला पुग्नुपर्ने जस्तो समस्याको अन्त्य गर्न आफ्नै जिल्लाबाट सेवा पाउने गरी प्रदेशका संरचना निर्माण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी