गण्डकीका मृतक पहिलो कोरोना सङ्क्रमित -दम, मृगौला, मधुमेहका पनि बिरामी!

पोखरा, जेठ २६ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसुलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु केोरोना संगै धेरै रोगबाट पिडित रहेको पाइएको छ ।
मृतक मृगौला, दम, सुगरलगायतका रोगका विरामी समेत भएको पाइएको हो ।
आइतबार कोरोना संक्रमण पुष्टी भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको थियो । अन्य रोेगका कारण बिरामी भएपछि कोरोना संक्रमण हुनुपूर्व तत्कालै पोखरा पठाएर प्रिआइसुलेसनमा राखिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।
भारतबाट श्रीमती सहित आएका ती व्यक्तिको स्वास्थ्यमा अन्य समस्या समेत भएकाले पोखरा ल्याएर प्रिआइसुलेसनमा राखिएको र संक्रमण पुष्टी हुँदा साथ आइसुलेसनमा राखेर उपचार गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले पनि पुष्टि गर्नुभयो ।
बाहिरबाट आउनेलाई कही कतै सम्पर्कमा आउन नदिई स्थानीय तहहरुले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने गरिएपनि उहाँलाई वालिङबाट पोखरा ल्याइएकाले त्यो बीचमा सम्पर्कमा आएकाहरुको कन्ट्रयाक टे«सिङको काम सुरु गरिएको निर्देशक शर्माले बताउनुभयो । भारतको राजधानी दिल्लीमा बस्दै आएका ति व्यक्ति श्रीमती सहित विभिन्न सवारी साधनमार्फत नेपाल भारत सिमा सुनौलीसम्म आएको र त्यहाँबाट गाडी रिजर्भ गरेर वालिङ आएको नगरपालिकाले जनाएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले ति व्यक्तीका श्रीमती, सुनौलीदेखि स्याङ्जासम्म ल्याउँने सवारी साधन, स्याङ्जाबाट पोखरासम्म ल्याउने सवारी, यो बीचमा उनीसँग सम्पर्कमा रहेका व्यक्तीहरुको आइतबारबाटै खोजपड्ताल सुरु गरेको जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतक व्यक्तिमाउच्च रक्तचाप, सुगर, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरियाको संक्रमण हुने रोग) र मृगौलासम्बन्धी लगायत समस्याहरु रहेकै अवस्थामा जेठ २५ गते आइसुलेसन वार्डमा भर्ना गरि उपचार गरिएकोमा राती नै उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।