भारतबाट आउनेलाई राख्न पर्वतमा ४ सय बेड क्षमताको ‘पुलिङ क्वारेन्टाईन’ , सय बेडको आइसोलेसन वार्ड


पर्वत ,जेष्ठ २५/ कोभिड १९ कोरोनाको रोकथामका लागि पर्वतमा सदरमुकाम कुस्मा र नजिकका क्षेत्रमा ४ सय क्षमताको ‘पुलिङ क्वारेन्टाईन’ र सय बेड क्षमताको आइसोलेसन वार्ड बनाउन थालिएको छ ।
भारत र तेस्रो देशबाट आउने नागरिककको संख्या उल्ल्ेख्य रुपमा बढ्न थालेपछि राख्नका लागि कुस्मा र पोखरा बागलुङ सडक वरपरका क्षेत्रमा पुलिङ क्वारेन्टाईन र कुस्मामा आइसोलेसन वार्डको बिस्तार गर्न थालिएको हो ।
यस अघि कुस्माका होटल र शिबालय माबि तथा क्याम्पसमा पुलिङ क्वारेन्टाईन बनाइएको थियो भने गुप्तेश्वर बहुमुखी क्याम्पसमा २० बेड क्षमताको आइसोलेसन कुस्मा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । हरेक दिन भारतबाट आउने नागरिक थपिने क्रम जारी रहेको र संक्रमितको संख्या बिस्तार हुने संभावनालाई ध्यानमा राखेर पुलिङ क्वारेन्टाईन तथा आइसोलेसन वार्ड बिस्तार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले जानकारी दिनुभयो ।
प्रजिअ रेग्मीका अनुसार कुस्माबजारमा शिबालय माबि तथा क्याम्पस र होटलको क्षमता सकिएको हुनाले नयाँ ठाउँहरु पुलिङ क्वारेन्टाईन बनाउने निर्णय भएको हो । त्यसका लागि मोदी गाउँपालिकाको नवजागृत माबि, नवजागृत क्याम्पसमा १ सय ५०, सरस्वती माबिमा ७० जना, र पशुति निमाबिमा ३८ जना रहने पुलिङ क्वारेन्टाईन बनाइएको छ । सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकास्थित गुप्तेश्वर बहूमुखी क्याम्पसमा स्थापना गरिएको पर्वत कोरोना अस्पताल (अस्थायी)मा २० जना राख्न सकिने क्षमता छ । अब गुप्तेश्वरमै प्रि–आइसोलेसन बनाउने र पर्वत ब्याडमिन्टन संघको कर्भडहललाई समेत आइसोलेसन बनाउउने तयारी भएको छ। सबैको क्षमता १ सय भन्दा बढी हुनेछ ।


अहिले सम्म शिबालय माबिको पुलिङ क्वारेन्टाईनमा १ सय २७ जना रहेका छन भने बन्दना होटलमा ४९ जना तथा ब्लु एन्जलमा १४ जना रहेका छन । त्यस मध्ये ३ स्वास्थ्यकर्मी सहित ८२ जनाको पिसिआर रिर्पोट सोमबार सम्म आउने छ । आइतबार थप ४२ जनाको स्वाब लिइएको छ। त्यसपछि केहीलाई डिस्चार्ज गर्ने तयारी छ । भने भारतबाट दैनिक ३० जनाको दरमा उद्दार गरि ल्याइएको छ। तेस्रो मुलुकबाट समेत १ जनाको उद्दार गरिएको छ। पर्वतमा जेठ १९ गते ५ जनामा संक्रमण रहेको पुष्टि भएको पर्वतमा जेठ २२ गते थप ४ जनामा सङ्क्रमण भेटिएको थियो। पहिलो पटक फेला परेका संक्रमितसँगको सम्पर्कमा रहेका २ जनासहित गरेर ११ जना आइसोलेसनमा रहँदा अब ९ ओटा बेड मात्रै खालि अवस्थामा छन ।
जिल्लाको तथ्याँक अनुसार भारतबाट मात्रै २ हजार १ सय आउने र तेस्रो मुलुकबाट ५ हजार ५ सय जना फर्कने अनुमान गरिएको छ। गण्डकी प्रदेश सरकारले आइसोलेसन र क्वारेन्टाईन बनाउन थप ८० लाख बजेट पर्वतका लागि बिनियोजन गरेको जानकारी समेत सामाजिक सञ्जाल मार्फत आईरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’