जनता समाजवादी पार्टीमा महन्थ पहिलो, बाबुराम चौथो नम्बरमा

काठमाडौं, जेठ २५/दुई अध्यक्ष रहनेगरी जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकाे छ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा दुई अध्यक्ष रहने भएका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने भएको नेता शिवजी यादवले जानकारी दिए।

पार्टीको बरियता क्रममा पहिलोमा ठाकुरको नाम रहेको छ भने बाबुराम भट्टराई चौथो नम्वरमा छन्।

‘पार्टीका हरेक निर्णयमा अब दुई अध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ’ नेता शिवजी यादवले भने। त्यस्तै पार्टीमा वरिष्ठ नेताका रुपमा क्रमशः अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो रहने छन्।

यसअघि संघीय समाजवादी पार्टीमा भट्टराई पहिलो वरियतामा थिए।

आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए।

गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता भएको थिएन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो