पर्वतमा एक घर एक धारा कार्यक्रम लागि थप ४ करोड ३७ लाख रुपैंया बजेट

पर्वत । एक घर एक धारा कार्यक्रम सञ्चालन गरीरहेको संघीय सरकारले पर्वत जिल्लाका लागि कुल ४ करोड ३७ लाख बराबरका विभिन्न आयोजनाहरुमा रकम विनियोजन गरेको छ ।
पर्वत जिल्लामा निर्माण हुने खानेपानी आयोजनाका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले आगामी आर्थिक बर्षका लागि कुल १४ वटा भन्दा बढि आयोजनाहरुका लागि उक्त रकम विनियोजन गरेको हो ।
कार्यक्रममा एउटा आयोजना भने सह लगानी मार्फत सञ्चालन हुनेछ । पर्वत जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा सहलगानी खानेपानी तथा सरसफाई आयोजना आगामी बर्ष लागुबाट लागू हुनेछ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र संघीय सांसद पदम गिरीको पहलमा खानेपानी योजनाहरुमा पर्याप्त बजेट बिनियोजन हुन सफल भएको छ । सवै घरमा स्वच्छ पिउने पानी पुराउने नीति अन्तर्गत जिल्लामा धेरै भन्दा धेरै आयोजनाहरुमा सवै जनप्रतिनिधिको जोडबलले बजेट विनियोजन हुन सफलता मिलेको हो ।

खानेपानी तथा सरसफाई मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार विहादी गाउँपलिाकाका बहाकी शालिग्राम लिप्ट खानेपानी आयोजनाका लागि ५० लाख विनियोजन भएको छ । यसैगरी रानीपानी लिफ्ट खानेपानी आयोजनाका लागि विहादी गाउँपालिकामा नै ५० लाख विनियोजीत भएको छ ।
यसैगरी ठापाठाना खानेपानी आयोजनाका लागि ४० लाख र सल्यान लिप्ट खानेपानी आयोजना कुश्मा ३ का लागि ४० लाख रकम विनियोजन भएको छ । खनियाघाट खानेपानी आयोजन इक्रेनीका लागि २५ लाख विनियोजन भएको छ ।
विनियोजीत आयोजनाहरु मध्ये कुश्मा नगरपालिकामा कुश्मा ३ खानेपानी आयोजनाका लागि ७५ लाख विनियोजन भएको छ ।

यसैगरी खानीगाउँ चितिपानी खानेपानी आयोजनाका लागि ४० लाख रुपैंया विनियोजन भएको छ । टकलाक खानेपानी आयोजनाका १, २ र ३ का लागि २५ लाख, खौला खानेपानी आयोजनाका लागि १५ लाख, पैयू बजार खानेपानी आयोजनाका लागि ५ लाख छिपछिपे खानेपानी आयोजनाका लागि ५ लाख, बाच्छा खानेपानी आयोजनाका लागि १० लाख विनियोजन भएको छ ।
यसैगरी जिल्लाका विभिन्न आयोजनाहरुका सम्भाब्यता अध्ययन आगामी बर्ष हुने छ । जसमा कटुवाचौपारी राम्चे काफुलबारे पात्ले, खनियाधारा खानेपानी आयोजना तथा थापाठाना खानेपानी आयोजनाको सम्भाब्यता अध्ययन हुनेछ । बजेटमा सदरमुकाम कुश्मा बजारमा ढल निर्माण प्रशोधन आयोजनाका लागि ५० लाख रुपैंया समेत विनियोजन भएको छ ।

यसैगरी खानेपानी आयोजनाहरु प्रदेश सरकारले पनि सञ्चालन गर्दछ । जिल्लामा संघका शसर्त अनुदान तर्फ प्रदेश सरकारले झण्डै ४८ वटा आयोजनाहरु सञ्चालन गर्दैछ । ति आयोजनाहरु अधिकांश क्रमागत आयोजनाहरु हुन् । काम सम्पन्न नभएका आयोजनाहरु र निर्माणको चरणमा रहेका ति आयोजनाहरु प्रदेश सरकारले शशर्त अनुदान तर्फ प्रदेश कार्यालय मार्फत सञ्चालन गर्दछ । माथि उल्लेखीत संघीय अनुदानका आयोजनाहरु भने संघीय सरकारको मातहतमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सञ्चालन गर्दछ ।