विश्वभर एकदिनमै घण्टामै थपिएकोरोना एक लाख २६ हजार संक्रमित ,ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाडौं, २५ जेठ । विश्वभर कोरोना भाइरस महामारीबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ ।

आज (आइतबार) बिहानसम्म विश्वभर कोरोनाबाट चार लाख एक हजार ६०७ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ६९ लाख ६६ हजार ४९० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजार भन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै ९१० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै अमेरिकामा ७०६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर गरेर एक लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा साढे २७ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने अमेरिकामा साढे २२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ ।

भारतमा शनिबार १० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । भारतमा शनिबार मात्रै १० हजार चार सय ३८ जनामा संक्रमण देखिएको हो ।

अहिलेसम्म त्यहाँ संक्रमणबाट ६ हजार ९४६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या अढाई लाख नजिक पुगेको छ । शनिबार भारतमा संक्रमणको कारण २९७ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो