जोशीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत,जेष्ठ २४ /नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ ।
नेता जोशीले शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले तीनसय थान सेनिटाईजर, ४५ सय थान मास्क र दुई सेट पिपिइ शनिबार एक कार्यक्रमका बीच प्रजिअ रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो । कुनैपनि राहत तथा सहयोग एकद्वार प्रणालीबाट वितरण गर्ने राज्यको नीति अनुरूप आफूले प्रमुख जिल्ला अधिकारी मार्फत कोरोना नियन्त्रण समन्वय समितिलाई वितरण गरेको नेता जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले संकटको घडीमा स्वास्थ्य सामग्री सहयोग गरेर कोरोना विरूद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुहुने संविधानसभा सदस्य जोशीप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी