नेपालमा कोरोनाका कारण मृतकको संख्या १३ पुग्यो ,संक्रमितको संख्या ३२ सय ३५

नेपालमा ३२३ कोरोना संक्रमित थपिए

काठमाडौं, जेठ २४/ नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।

धनगढी र डोल्पामा थप दुई जनाको मृत्युको कारण कोरोना भाइरस भएको पुष्टि भएसँगै मृतकको संख्या १३ पुगेको हो।

स्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा. विकास देवकोटाले थप २ जनाको मृत्यु कोरोनाका कारण भएको पुष्टि गरेका हुन्।

मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र कैलालीको धनगढी नगरपालिका ४ कि ५५ वर्षीया महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारका अनुसार जगदुल्ला गाँउपालिका–३, थापागाउँका ५८ वर्षीय पुरुषयही जेठ २१ गते मृत्यु भएको थियो।

डीएसपी रञ्जितकारका अनुसार ती व्यक्ति दमका दीर्घरोगी थिए। उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो।

उनका पत्नी र भाइको रिपोर्ट भने नेगेटिभ अर्थात् कोरोना नरहेको आएको उनले जानकारी दिए।

‘उनको मृत्यु स्वाभाविक कालगतिले भएको देखिन्छ, कोरोनाका कुनै लक्षण थिएनन्,’ डीएसपी रञ्जितकारले भने, ‘तर प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि गरेको छ।’

त्यस्तै धनगढीकी मृतक महिला लामो समयदेखि मिर्गौला रोगपीडित रहेको र डायलासिसका लागि केही दिन अघि सेती प्रादेशिक अस्पताल पुगेकी ती महिलाको डायलासिसकै क्रममा शुक्रवार राती निधन भएको थियो।

मृत्यु पश्चात् गरिएको स्बाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले पुष्टि गरे। उनका अनुसार ती महिला केही दिन अगाडि काठमाडौँबाट डाइलासिसका लागि अस्पताल पुगेकी थिइन्।

नेपालमा ३२३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२ सय ३५ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

संक्रमितमध्ये २८६ पुरुष र ३७ जना महिला रहेका छन्।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनको संख्या ३६५ जान पुगेको छ। पछिल्लो तथ्यांकअनुसार ३२ जना डिस्चार्ज भएका छन्।

कोरोनाका कारण शनिबार दिउँसोसम्म १२ जनको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी