अन्त्येष्टि गरिसकेपछि कोरोना पोजेटिभ, मलामी खोजी गर्न थालियो

डडेल्धुरा , जेठ २४/ धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उप-महानगरपालिका-४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना रिपोर्ट ‘पोजेटिभ’ आएको छ।

शुक्रबार दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। त्यसपछि उनको शनिबार बिहान अन्त्येष्टि भइसकेको उप-महानगरपालिका-४ का वडाध्यक्ष दीपक थापाले बताए।

ती महिलाको मोहना घाटमा अन्त्येष्टि गरिएको थियो। यसअघि मृत्यु भएका ११ जना जस्तै उनको पनि कोरोना पुष्टि अन्त्येष्टिपछि मात्रै भएको वडाध्यक्ष थापाले बताए। जिल्ला स्वास्थ्य कार्यालय कैलाली अहिले ट्रेसिङमा जुटेको छ। अन्त्येष्टिमा सहभागी सबैलाई खोज्‍न सुरु गरेको छ। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले मृतकको अन्त्येष्टि भइसकेको बताउँदै ट्रेसिङ भइरहेको जानकारी दिए।

कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्यष्टि भएपछि अहिले मृतको टोलमा त्रास फैलिएको छ। लामोसमयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउन सेती अस्पताल पुगेका थिइन्। डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

मृत्युपछि उनको थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। ‘डायलासिस गराउन आउँदा कोरोनाको कुनै लक्षण उनमा थिएन,’ उनले भने, ‘परीक्षण गर्दा भने रिपोर्ट पोजेटिभ देखिएको हो। डायलासिसअघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो।’ मृतकमा कोरोना पुष्टि भएपछि अस्पतालको डायलासिस वार्ड पनि सिल गरिएको छ। मृतक महिला यसअघि काठमाडौंबाट उपचार गराएर धनगढी फर्किएकी थिइन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी