गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५

पर्वत , जेष्ठ २४ /पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण देखिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्की ३ जना, स्याङजामा १० जना र बागलुङमा १ थप संक्रमित फेला परेका छन् । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ बर्षिय पुरुषमा र पोखरा महानगरपालिकामा ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यसै गरि स्याङजाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखीएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिए । त्यसै गरी बागलुङको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुषमा संक्रमण देखिएको छ ।
भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको स्वाबमा नवलपरासीको बिनय त्रिबेणी गाउँपालिकाका १८, १९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको उनले बताए । नयाँ संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको उनले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी