कविता- बन्द छ मधुशाला

-अनु शाह
बन्द छ मधुशाला,
शुन्य छ रगँमँच,
बेसुरा छन ढोलकका तालहरू,
मौन छन सारँगी र बाँसुरी,
हरायका छन सँगीतको धुनहरू
तर यी आँखाहरूले प्रतीक्षा
गर्न छोडेको छैनन,
बसन्त फेरी आउँछ,
रूखमा पालुवा पलाउँछ,
चारैतीर फुलहरू फुल्छन,
अनी बेशुमार खुसी बटुलेर
मनको मयुर नाँच्न थाल्छ,
आफ्नै आँगनमा,
फेरी बादल गर्जीन्छ,
फेरी मेघा बर्सीन्छ,
हरेक पतझड पछी बहारले आउनै पर्छ
म फेरी जुनकीरी समाउन दगुर्छु,
खुल्ला चउरमा,
म सुल्लकासा खेलेर फेरी रमाउँछु,
शरदका ती शितले भीजेको जुनेली रातसँग,
फेरी मीत्तेरी लगाउँछु,
पुर्णीमाका लालीमा सँगै रातहरू बीताउँछु,
ईन्द्रेणीको झुलना मा झुल्छु,
क्षीत्तीजमा डुब्छु,
ताराहरू बटुलेर उनीहरू सँग
लुकामारी खेल्छु,
अनी यही आँखामा सपना भरेर
म फेरी एक पटक रँगीन सँसार हेर्छु
अमेरिका