पर्वतको फलेवासमा सात किलोमिटर सडक वारिपारी बृक्षारोपण

पर्वत, जेष्ठ २३/विश्व वातावरण दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले वृक्षारोपण गरेको छ ।
फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवादेखि लमाय खोला सम्मको ७ किलोमिटर सडक खण्डको दुई किनारमा वृक्षरोपण गरिएको हो ।
सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने नारासँगैँ क्लिन रोड ग्रिन रोड कार्यक्रम अन्र्तगत क्लिन फलेवास ग्रिन फलेवास अभियानको दोस्रो बर्ष प्रवेस को अवसरमा मुडिकुवा- लमाय- लुंखु सडक खण्डमा स्थानीय नागरिकको सहभागितामा वृक्षारोपण कार्य संचालन गरिएको थियो ।
वृक्षारोपण कार्यक्रमको अवसरमा वोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले स्वस्छ वातावरण विना स्वस्थ जीवनको परिकल्पना गर्न नसकिने बताउनुभयो । सुसंस्कृत, सभ्य र सुन्दर नगर बनाउने नगरपालिकाको लक्ष अनुरुप सन्चालन गरिएको क्लिन ग्रिन अभियान अन्र्तगत व्यवस्थित हरियालि सडक निमाणर्को लागि बृक्षरोपण कार्य गरिएको शर्माले बताउनु भयो ।
विकासको सुचकांकमा अग्रणि बनाउन घर, टोल, गाउँ हुदैँ सिंगो नगरपालिका मा सवै किसिमका मापदण्ड पुरा गराउने किसिमले अभियान्ताहरु परीचालन गरि सवै क्षेत्रमा एकैपटक विकासका कार्यहरु अघि बढाईएको उहाले बताउनुभयो ।
नगरपलिका पर्यावरणको संरक्षण गर्दै सकरात्मक सोच सहित आनिवानी परिर्वतन गराई सभ्य समाज निर्माण गर्न पुर्नजागरणको दिशामा अघि बढेको बताउनुभयो ।
क्लिन घर ग्रिन घर अभियान अन्र्तगत स्वस्छ, सफा, सुन्दर तथा विभिन्न मापदण्ड पुरा गरेका ११ वटै वडाका ८७ वटा घरहरुलाई पुरस्कृत गर्न लागिएको समेत उहाँले बताउनुभयो ।
विकासको रुपरेखा दोस्रो चरण प्रबेश गरेको भन्दै नगरप्रमुख शर्माले मुल सडक सगैँ भित्री सडक पनि कालो पत्रे गर्ने कार्य संचालन गरिएको बताउनु भयो ।
नागरिकको जिवनस्तर उकास्न तथा आयआर्जन वृद्धि गराउन यहि बर्ष भित्रै ६० हजार फलफुलका विरुवा वितरण गर्ने समेत शर्माको भनाई रहेको छ । नगरपालिकाको सहयोगलाई सहि सदुपयोग गर्न सके अवको केहि वर्ष भित्रमानै ईलामको चिया बगान जस्तै फलेवास नगरपालिकामा फलफुलका बगानहरु हुने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले नगरपालिकाले सन्चालन गरेका हरेक विकासका काममा दुरदर्शिता रहेको बताउनुभयो । त्यस्तै उहाँले विश्वव्याीप रुपमा फैलिएको कोरोना भाईरसले मानविय क्रियाकलापहरु परर्वतन गर्न आवस्यक रहेको बताउनुभयो । मानविय क्रियाकलाप प्राय सवै ठप्प जस्तै बन्दा वातावरणमा समेत सकरात्मक प्रभाव परेको बताउनु भयो ।
मानवको लागि एउटा मात्रै पृथ्वि रहेको भन्दै उहाँले पर्यावरण जोगाउन आनिवानि परर्वतन गर्दै मानविय क्रियाकलाप परिर्वतन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा योजना व्यवस्थापक देविप्रसाद तिमल्सिना, वडा नं ४ मुडिकुवाका वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, वडाअध्यक्ष हरु भोलानाथ भुसाल, मनबहादुर कुँवर, दिपक पौडेल, कार्यपालिका सदस्य केशा परियार, निर्मला भुसाल, कृषि शाखा प्रमुख सन्तोस सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मुडिकुवा वडा कार्यलयको परिसरमा कार्यक्रमको आयोजना गरि नगरप्रमुख पदमपाणि शर्माद्धारा शुभारम्भ गरिएको वृक्षारोपण कार्य लमाय खोला सम्म पुगि पुन खानीगाउँ स्थित भवन पोखरामा कोणसभाको आयोजना गरि समापन गरिएको थियो ।
कार्यक्रमको सन्चालन लकास सुवेदीले गर्नुभएको थियो भने वृक्षारोपण कार्यक्रममा विभिन्न उपभोक्ताहरुसँगै क्लिन ग्रिन अभियानका अभियान्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो