पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडौं, जेठ २३/ पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको बताए। संक्रमितमध्ये २६७ पुरुष र ११ महिलामा रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ।

संक्रमितमध्ये २ हजार ७ सय १७ पुरुष र १९५ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

थप तीन जिल्लामा संक्रमित देखिएसँग नेपालका ६८ जिल्ला कोरोनाको संक्रमण पुगेको छ।

त्यस्तै आजमात्रै देशभरका विभिन्न अस्पतालबाट ४३ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी