भत्ता नलिने राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाको घोषणा


काठमाडौं, २३ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन्।

‘मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि भन्दै आज (जेठ २२ गते) देखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने’ अध्यक्ष तिमिल्सिनाले बताएका छन्।

बिहीबार संघीय संसद सचिवालय, आर्थिक प्रशासन शाखालाई पत्र लेखी उनले उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी