जनता समाजबादीका नेता राजेन्द्र महतोका दुई दाबी गलत

तस्बिर स्रोत: प्राइम टाइम्स टेलिभिजनको युट्युब भिडियोको स्क्रिनसट

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले गत जेठ १८ गते प्राइम टाइम्स टेलिभिजनमा प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमलाई अन्तर्वार्ता दिएका थिए । पत्रकार ऋषि धमलासँगको करीब ५० मिनेट लामो उक्त अन्तर्वार्तामा नेपालले नयाँ नक्सा जारी गरेपछि संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव संसदमा सर्वसम्मतिका साथ पारित हुने नहुने भन्ने विषयमा केन्द्रित थियो। उनले नयाँ नक्सा जारी गर्ने कुरामा सबै एकजुट हुने भएपनि संविधान संशोधन प्याकेजमा हुनुपर्ने, मधेसी जनताका माग सम्बोधन गर्नुपर्ने बताएका थिए।

मधेशवादी नेता राजेन्द्र महतोले कार्यक्रममा गरेका केही दाबी गलत रहेका छन् । साउथ एसिया चेकले ती दाबीको तथ्य जाँच गरेको छ।

पहिलो दाबी:

“२०४६ सालमा जब नाकाबन्दी भएको थियो । बैङ्ककबाट हवाईजहाजबाट मट्टीतेल ल्याएको थियो।”

नेपालमा पञ्चायत कालको अन्त्यतिर त्यतिबेलाको सरकारले चीनबाट हतियार खरिद गरेको प्रति असन्तुष्टी व्यक्त गर्न भारतले नेपालमथि १५ महिना नाकाबन्दी लगाएको थियो । नेपाल र भारतबीचको पारवहन सन्धिको म्याद २०४५ साल चैत्र १० गते समाप्त भएपछि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी घोषणा गरेको थियो। नेपालको भारतसँग जोडिएका जम्मा २१ वटा नाका (मूल १० नाका र अन्य ११ नाका) मा भारतले नाकाबन्दी गरेको थियो। २०४६ सालमा नेपालमा जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्स्थापना भएपछि २०४७ असार १७ गते भारतले नाका खोलेको थियो।

तत्कालीन वाणिज्य तथा आपुर्ति मन्त्री नरबहादुर बुढाथोकीले नागरिक दैनिकलाई दिएको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय दबावका कारण भारतले नेपाललाई सिंगापुरबाट कलकत्ता हुँदै इन्धन ल्याउन दिएको बताएका थिए । २०७२ असोज १८ गते उक्त दैनिकमा प्रकाशित समाचारअनुसार त्यतिबेला नेपाल सरकारले बंगलादेशबाट समेत हवाई इन्धन ल्याएको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले २०७२ सालको भारतीय नाकाबन्दी पछि प्रकाशित गरेको एक प्रतिवेदनमा पनि नेपालले २०४५ को नाकाबन्दी ताका सिंगापुर र बंगलादेशबाट इन्धन ल्याएको जनाइएको छ ।

नेता महतोको भनाइ नाकाबन्दीको समयावधिको बारेमा सत्य भएपनि नेपालले बैङ्ककबाट हवाईजहाजमा इन्धन ल्याएको दाबी गलत छ।

महतोद्वारा प्रदेशको सीमा हेरफेरसम्बन्धी संवैधानिक व्यवस्थाको अपव्याख्या
दोस्रो दाबी:

“नेपालमा प्रकृतिले सबथोक दिएको छ । नेपाल जलस्रोतको मामलामा सबभन्दा दोस्रो सम्पन्न देश हो। सयकडौ वर्षदेखि पानी (वाटर डलर/ ह्वाइट गोल्ड) बगेर गएको छ । नेपाली जनता कंगाल छन्।”

नेता महतोको दोस्रो दाबी पनि गलत छ। नेपाल जलस्रोतमा विश्वमै दोस्रो धनी देश रहेको मिथक निरन्तर रहिआएको छ । धेरैले यसलाई नेपालमा सही माने पनि यो प्रमाणित तथ्य होइन । साउथ एसिया चेकले २०७३ साल माघ ५ गते यससम्बन्धी तथ्य जाँच गर्दा नेपाल जलस्रोतमा दोस्रो धनी देश नरहेको फेला परेको थियो।

उक्त तथ्य जाँचमा हामीले नवीकरणीय जलस्रोतलाई आधार बनाएर जलस्रोतमा कुन देश धनी अथवा गरिब छ भनेर मापन गर्ने गरिएको उल्लेख गरेका थियौ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले सन् २००३ मा एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो, जसमा नवीकरणीय जलस्रोतका हिसाबले धनी तथा गरिब राष्ट्रहरूको पहिचान गरिएको थियो ।

प्रतिवेदनअनुसार जलस्रोतका हिसाबले सबैभन्दा धनी नौ देशमा ब्राजिल, रुस, क्यानडा, इन्डोनेसिया, चीन, कोलम्बिया, अमेरिका, पेरु र भारत पर्छन् । यो सूचीमा नेपाल छैन ।

southasiacheck.org बाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी