गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित ,गण्डकी प्रदेशभर ५४ जना पुगे

पाोखरा जेठ २२/गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना संक्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङको निसीखोला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २२ र २९ वर्षका २ जना पुरुष र ३३ का १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

बाग्लुङकै वडीगाड गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १६, २०, २१ र २५ वर्षका ४ पुरुषमा पनि कोरोना देखिएको छ ।

बाग्लुङकै गल्कोट नगरपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २०, २२ र २३ वर्षका ३ जना पुरुष गरी बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १८ वर्षे का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी पर्वत जिल्लाको फलेबास नगरपालिका घर भएर कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २१ वर्षका २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका घर भएर कुश्माकै क्वारेन्टाइनमा रहेका २४ र २८ वर्षका २ जना पुरुषमा समेत गरी पर्वत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका १९ वर्षे १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनी सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी