पर्वतमा ४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९

पर्वत जेठ २२ / पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको फलेबास नगरपालिकाका २ जना पुरुष र बिहादी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फलेबास नगरपालिकाका २१ बर्षिय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ भने बिहादी गाउँपालिकाका २४ र २८ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस अघि फलेबास नगरपालिकाका २ जना र महाशिला गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका हुन र उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको पर्वत अस्प्तालले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी