निसर्ग चक्रवातको प्रभाव-बिहीबारदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा

काठमाण्डाै , जेठ २१ /अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भाेलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् ।

चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले बताउनुभयो । भारतमा भने चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेकाे विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।

नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मौसमविद् बासीले मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने पनि बताउनुभयो ।

यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमबिद् बासीले बताउनुभयो । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सफा रहेको उहाँले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी