नेपालमा थपिए २८८ जना कोरोना संक्रमित, संक्रमित संख्या २०९९ पुग्यो

काठमाडौं, जेठ २०/नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।

योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए। उनका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी