पर्वतका सबै संक्रमित भारतबाट आएका, सँगै आएका अरु व्यक्तिमा भने देखिएन संक्रमण

पर्वत,जेष्ठ २०/ पर्वतमा पहिलोपटक कोरोना स‌ंक्रमण देखिएका पाँच जनासँगै भारतबाट आएका अरु व्यक्तिहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

पर्वत अस्पतालले दिएको जानकारीअनुसार भारतबाट नेपालको सुनौली नाका हुँदै बिहीबार पर्वतको कुश्मास्थित दुई स्थानको क्वारेन्टाइनमा राखिएका पाँच जना व्यक्तिहरुमा रिपोर्ट पोजिटिभ आएको हो ।

गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको बिववरण मंगलबार बिहान सार्वजनिक भएको हो । पोजिटिभ देखिनेहरुमा फलेबास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुष छन् ।

उनीहरुसँगै आएका अरु व्यक्तिहरुको रिपोर्ट भने नेगेटिभ आएको पर्वत अस्पतालले जनाएको छ । भारतबाट आएका सबैको पीसीआर परीक्षण गर्ने निर्णयअनुसार आइतबार पठाएका ३९ मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबैलाई उपचारका लागि सदरमुकाम कुश्माकै गुप्तेश्वर क्याम्पसमा तयार गरिएको अस्थायी कोरोना अस्पतालमा लगिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए । उनका अनुसार कोरोना पोजिटिभ देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘लक्षण पोजिटिभ आएको भए पनि उहाँहरुमा कुनै लक्षण छैन,’ उनले भने, ‘सँगै आएका अरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । पोजिटिभ देखिएका बाहेक सबै सुरक्षित हुनुहुन्छ ।’ कुश्मासहित सबै पालिकाहरुको लगानीमा २० शय्याको अस्थायी कोरोना अस्पताल तयार गरिएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुसँगै भारतबाट आएका अरु व्यक्ति तथा कुश्मा आइसकेकपछि राखिएका स्थान आसपासका व्यक्तिहरुको समेत पहिचान गरी सदरमुकाम र समग्र जिल्लालाई संक्रमणबाट जोगाउने पहल भइरहेको कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सले जनाएको छ । त्यसका लागि मंगलबार दिउँसो जिल्ला प्रशासनमा बैठक बसेको छ । बैठकमा कोरोना पोिजटिभ भेटिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरु बसेका स्थानमा कीटाणुनाशक रसायन छर्किने, आइसोलेसन अस्पताललाई व्यवस्थित गराउने लगायत विषयमा छलफल भएको पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

पर्वत प्रशासनको पहलमा भारतबाट पछिल्लो दुई सातायता एक सय ६९ जना भित्रिएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण भइरहेको छ । परीक्षण गरिएकामध्ये ४५ जनालाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाइएको छ । सबैलाई एकद्वार प्रणालीबाट सदरमुकाम ल्याएर सदरमुकामकै क्वारेन्टाइनमा राखिएको छ ।कान्तिपुरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो