बैतडीमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु

काठमाडौं, जेठ २०/ बैतडीमा क्वारेन्टिनमा रहेकी एक युवतीको मंगलबार बिहान मृत्यु भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माविमा बनाइएको क्वारेन्टिनमा २२ वर्षीया युवतीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन्। जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीमा कोरोना छ कि छैन भनेर पत्ता लगाउन स्वाब परीक्षणको तयारी भइरहेको छ।

उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने पुर्चाैडी नगरपालिका प्रवक्ता दले धामीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ